तेलुगु सुपरस्टार चिरञ्जिवी स्टारर एक्सन पिरियोडिक ड्रामा ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब २७० करोड भारूको बजेटको तयारमा भएको सिनेमा यस वर्षको प्रतिक्षित सिनेमामध्येको एक हो।

उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमामा तेलुगु मेगास्टार चिरन्जीवीका साथमा बलिउड मेगास्टार अमिताभ बच्चनसँगै खिचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।

सिनेमा अक्टुवर २ मा रिलिज हुँदैछ। सिनेमामा तेलेगुका अलावा तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि रिलिज हुनेछ। सिनेमाको हिन्दी संस्करणलाई फरहान अख्तर र रितेश सिध्वानीले वितरण गर्दैछन्।

सिनेमाको यस रिलिज मितिमा ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ। यस्तो वक्सअफिसमा दुबै सिनेमाबीच कडा टक्कर हुने अनुमान गरिएको छ। सिनेमालाई चिरञ्जिबीका छोरा राम चरणले निर्माण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *