काठमाडौं : केही दिनदेखि स्थिर रहेको सुनचाँदीको भाउ बिहीबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको मूल्यमा ६ सयले गिरवाट आएको छ।

बिहीबार ७० हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुनको मूल्यमा पनि ६ सयले नै गिरावट आएर ७० हजार ४ सयमा कारोबार भएको छ।

बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *