काठमाडौं : बुद्ध एयरलाइन्सले शनिबार थप एक एटिआर-७२ जहाज भित्र्याएको छ। चेन्नाइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको हो।
यससँगै बुद्ध एयरको जहाज संख्या १३ पुगेको छ, भने एटिआर-७२ जहाजको संख्या ८। बुद्धसँग अर्को ३ वटा एटिआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ। बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउने जनाएको छ।
यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्ने जनाएको छ। आउँदा आउँदै गरेका चाडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरूलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।
थपिएको जहाजले नियमित मर्मतसम्भारमा सघाउ पुग्ने र उडानहरू नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने कम्पनीको भनाइ छ।