सुमधुर स्वरका कारण एकाएक चर्चामा आएकी रानु मोन्डलको पहिलो गीतको टिजर सार्वाजनिक भएको छ।
गायक तथा संगीतकार हिमेश रेशमियाले रानु मोन्डलको पहिलो गीतको ‘टिजर’ सार्वजनिक गरेका छन्। ‘तेरी मेरी कहानी’ बोलका यो गीतमा रानु र हिमेश दुवैको स्वर छ।
यो गीत हिमेशको नयाँ फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’को हो। हिन्दुस्तान टाइम्सका अनुसार यसको म्यूजिक भिडियो बिहीबार सार्वजनिक गरिने भएको छ।
रेलवे स्टेशनमा गाउँदै भिक मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो। हिमेशले ट्विटरमा टिजर सार्वजनिक गरेलगत्तै धेरै प्रतिक्रिया आइरहेका छन्। रानुको स्वरको धेरैले प्रशंसा गरेका छन्।