लामो समयदेखि चर्चामा रहेको बलिउड अभिनेत्री प्रियंका चोपडा स्टारर ‘द स्काई इज पिंक’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। यसै सिनेमाबाट लामो समयपछि प्रियंका बलिउड सिनेमामा फर्किएकी छिन्।

सिनेमामा प्रियंकाको साथै फरहान अख्तर र जाहिरा वसीमको मुख्य भूमिका देख्न सकिन्छ। सिनेमा मोटिभेसनल स्कर आयशा चौधरीको जीन्दगीमा आधारित रहेको छ।

आयशाको भूमिकामा जाहिराले अभिनय गरेकी छन्। जाहिराले हालै सिनेमाबाट संन्यासको घोषणा गरेकी छन्। शोनाली बोस निर्देशित सिनेमा अक्टुबर ११ मा रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *