सामन्य सोचाइ हुन्छ, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा लाखौँ फलोअर्स सेलेब्रिटीका मात्र हुन्छ। तर, यो सोचाइ गलत प्रमाणित गरिदिएकी छिन् एक वर्षे एक बालिकाले।
View this post on Instagram
सुन्दा अचम्म लाग्न सक्छ, तर जापानकी एक वर्षीया बेबी चान्कोका इन्स्टाग्राममा ३ लाखभन्दा धेरै फलोअर्स छन्। यति मात्र होइन, उनीसँग मोडलिङ एजेन्सीले मोडलिङका लागि सम्झौता पनि गरिसकेको छ। इन्स्टाग्राममा ३ लाख ५४ हजारभन्दा धेरै फलोअर्सको हुनुको कमाल चाहिँ उनको कपाल हो। उनी अब विज्ञापनमा पनि देखिने भएकी छिन्। त्यो पनि स्याम्पुको।
View this post on Instagram
चान्को ४ महिनाकी हुँदा उनकी आमाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरिदिएकी थिइन्। रातारात त्यही फोटो भाइरल भएको थियो। उनकी आमा छोरीको प्रसिद्धीका कारण खुसी छिन्। उनले एक वर्षमा नै यति राम्रो कपाल हुने कुराले आफूलाई पनि अचम्ममा पारेको बताउँदै आएकी छिन्। एजेन्सी ।