यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो। तर, यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचनासमेत लेखिएका छन्।
पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ। यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो। यस्ता छन् शोधका केही तथ्य:
यौन क्रिडामा पूरा ध्यान
ओच्छ्यानमा हुँदा महिला आफ्नो पार्टनरले पूरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन्। सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्रेम बढी अनुभव हुने बताएका थिए।
आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष, यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ।
पाक क्रिडा महत्त्वपूर्ण
महिला यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढी चाख राख्छन्। पाक क्रिडाको माध्यमबाट आफूलाई पूरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहना हुन्छ।
सर्वेमा सहभागी अधिकांश महिलाले पुरुष यौनको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नुपर्ने बताएका थिए।
आनन्द र सन्तुष्टिबीच फरक
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुषजस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताउछन्। यद्यपि कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो।
विस्तारै गरेको राम्रो
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन। उनीहरू आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन्। संवेदनशील अंगसँग संवेदनशील रूपमै प्रस्तुत भएको उनीहरूलाई मन पर्छ।
वातावरणको भूमिका
शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए। चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भए पनि महिलालाई त्यसले गाह्रो हुने उनीहरूको भनाइ थियो। त्यसैगरी गर्मीमा यौनको चाहना र आनन्द बढी हुने महिलाको अनुभव छ।
आसनको भूमिका
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरूको तल २/३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन्।
तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरूको भनाइ छ। त्यसैगरी अधिकांश महिलाले डगी स्टाइल अर्थात् महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडिबाट यौन क्रिडा गर्ने पोजिसन सबैभन्दा आनन्ददायी रहेको बताए।
विभिन्न तरिका
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् ‘सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए। अधिकांश युवतीले पुरुषले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए। ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।
हतार नगर्नुस्
अधिकांश पुरुष महिलाको भन्दा पनि आफ्नो सन्तुष्टिलाई बढी ध्यान दिन्छन्। कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन्। सर्वेका क्रममा अधिकाँश माहिलाले आफूहरू १० मिनेटभित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए।
संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैँमा संवेदनशील चिज हो। तर पुरुष आफ्नै जस्तो गरेर महिलासँग व्यवहार गर्छन्। यौनको शोधका क्रममा महिला योनीको माथिल्लो भित्री भागमा हुने जि-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । जि-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।
थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
पुरुष अधिकांश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरू थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ। एजेन्सी