चिनियाँ इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक तथा तत्कालीन कार्यकारी अध्यक्ष ज्याकमा अध्ययनमा विशेष रुचि राख्छन् । उनी प्रायः दर्शन र सफलताका पुस्तक पढ्छन् । उनलाई मनपर्ने पुस्तक ‘ताओ ती चिङ’ हो ।

सन् २०१४ मा ज्याक माको अटोबायोग्राफी लेखेका चेन वी भन्छन्, ‘उनी यो पुस्तक सधैँ ब्रिफकेसमा बोकेर हिँड्छन् । लाओत्सेले लेखेको यो पुस्तकलाई ताओ दर्शन, धर्म र नैतिकताको जग मानिन्छ । छैटौँ शताब्दीमा चिनियाँ भाषामा लेखिएको पुस्तकलाई १७औँ शताब्दीमा अंग्रेजीमा अनुवाद गरिएको थियो ।

ज्याकमा ताओइज्मबाट प्रभावित छन् । उनले छोटो समयमै व्यावसायिक छलाङ मार्नुमा यसले पनि भूमिका खेलेको छ । यस दर्शनले मानिसलाई कसरी सही बाटोमा हिँड्न सिकाउँछ । ‘रिक्तता’ (खाली मस्तिष्क) र ‘खुलापना’को गुणस्तरलाई यसले प्रशंसा गरेको छ ।

अलिबाबा कम्पनीको कर्पोरेट संस्कृतिमा पनि ताओइज्मको झल्को पाइन्छ । यो कम्पनी पहिले ग्राहकप्रति, दोस्रो आफ्ना कामदारप्रति र त्यसपछि सेयरहोल्डरप्रति समर्पित छ ।

फाइनान्सियल टाइम्सका अनुसार कामदारलाई उनीहरूका म्यानेजरले निरन्तर रूपमा प्रमुख ६ वटा मूल्य–मान्यताप्रतिको उनीहरूको प्रतिबद्धताका आधारमा मूल्यांकन गर्छन्– टिमवर्क, इमानदारी, ग्राहक पहिले नीति, परिवर्तनशील स्वभाव, प्रतिबद्धता र लगनशीलता । ताओ ती चिङले यी सबै चरित्रलाई महत्व दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *