शीर्षक हेर्दा तपाईं जति अनौठो लाग्छ, जीव वैज्ञानिकहरूलाई पनि यो कुरा अझै पनि त्यत्तिकै अनौठो लागिरहेको छ, आखिर जनावरहरूले कसरी गर्छन् आत्महत्या? मानिसहरूले आत्महत्या गर्नुको मुख्य कारण तनाव झेल्न नसकेरै हुने तथ्यलाई धेरै जसो मनोवैज्ञानिकहरू स्वीकार्छन्। के जनावरमा त्यस्तो किसिमको चेतना हुन्छ?

प्रश्न जेसुकै भए पनि जनावरहरूले बेलाबेलामा गर्न आत्महत्याका घटनाले जीव वैज्ञानिकहरूलाई सोच्न बाध्य तुल्याउँछ। समुद्रका माछाहरूले पनि सामूहिक आत्महत्या आत्महत्या गरिरहेका हुन्छन्। सन् २०१५ मा ब्राजिलको समुद्री तटमा ३३ मेट्रिक टन माछाले सामूहिक आत्महत्या गरेका थिए भने सन् २०१६ मा मात्र ३५ अलगअलगत स्थानमा माछाले सामूहिक आत्महत्या गरेका थिए।

उत्तर अमेरिकाको पश्चिमी तटमा समुद्री पन्छीहरूको सामूहिक शव देखियो। गणना गर्दा त्यहाँ १० हजार बढी पन्छि थिए। सन् २०१६ मै अलस्कामा ८ हजारभन्दा बढी सीबर्ड मृत अवस्थामा फेला परे। उनीहरूको शव परीक्षण गर्दा कुनै किसिमको रोग नदेखिए पनि जीव वैज्ञानिकहरूले उनीहरू ग्लोबल वार्मिङ तथा खाद्यान्नको अभावले मरेको आशंका जनाए।

केही जीव वैज्ञानिक जनावरमा पनि आत्महत्या गर्ने व्यवहार बढेको मान्छन्। यसरी आत्महत्या गर्ने जनावरहरूमा स्तनधारी जनावरको संख्या बढी छ। सन् २००५ मा टर्कीमा एकैपटक १ हजार ५ सय भेडाले पहाडबाट हाम फालेर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको थियो। उक्त प्रयासमा ५ सय भेडा मेर भने धेरैको अंगभंग भएको थियो।

सन् २००९ को अगस्टमा स्विजरल्यान्डमा २८ गाईले पहाडबाट हाम फालरे आत्महत्या गरे। ती गाईले तीन दिनको अन्तरालमा फरकफरक समयमा आत्महत्या गरेका तथ्यले वैज्ञानिकहरूलाई चकित तुल्यायो। सन् २०११ मा न्युजिल्यान्डको समुद्री तटमा ६१ वटा ह्वेलले सामूहिक आत्महत्या प्रयास गरे, जसमध्ये मानिसहरूले १८ वटालाई बचाउन सके। यो विषयमा जीव वैज्ञानिकहरूले निर्क्योल निकाल्दै भने-ह्वेलहरूमा एउटा विशेषता के हुन्छ भने एउटाले जे गर्‍यो अर्कोले पनि त्यही गर्छ। त्यसैले पनि यो घटना भएको हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *