काठमाडौं : लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गीत “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ।
द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ। गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युबमार्फत आइतबार सार्वजनिक गरिएको हो।
प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अवेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ। म्युजिक भिडियोमा कृष्ण देवकोटा, पूजा, करन र सुनीलले अभिनय गरेका छन्।
लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार हरि उप्रेतीको करिब २ दर्जन गीत सार्वजनिक भइसकेका छन् भने १ दर्जन जति चलचित्रको गीतमा उनको सिर्जना सुन्न सकिन्छ। सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्याती प्राप्त गायक गायिकाको आवाज दिएका छ्न्।
उनले लेखेका गीतले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छ्न्। गीत लेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेका छन्।