लगभग चार दशक र चार फिल्मपछि पुनः एकपटक रेम्बो रिटर्न भएको छ।

सिलवेस्टर स्टेलन स्टार फिल्म रेम्बो : लास्ट ब्लड (Rambo Last Blood)को टिजर सिलवेस्टरले अपने इन्स्टाग्राममा शेयर गरेका छन्। यो टिजर केही विशेषताले भरिएको छ। टिजरमा १९८२ मा रिलिज भएको फिल्म रेम्बो : फर्स्ट ब्लड र १९८५ मा रिलीज भएको रेम्बो : फर्स्ट ब्लड पार्ट २ का केही झलक हेर्न पाइन्छ।

७३ वर्षीय अभिनेता सिलवेस्टरलाई रेम्बो लास्ट ब्लडको टिजरमा हेरेर यस्तो अनुमान लगाउन सक्निछ कि उनी यो फिल्ममा पुरानै ‘फ्लेबर’मा देख्न पाइन्छ। यो फिल्मको उनको फिजिक र रेम्बोको हतियार धनुष पनि छ। जुन उनले आफ्ना पछिल्ला चार फिल्ममा प्रयोग गरेका थिए।

 

 

View this post on Instagram

 

A post shared by Sly Stallone (@officialslystallone) on

टिजरमा एक युवती पनि देखिएकी छन्। जसले स्टेलन पात्रलाई अंकल जोन भनेर बोलाउँदै गरेको सुनिन्छ। फिल्मको कहानीको पनि खुलासा भएको छ। फिल्ममा रेम्बो, म्यक्सिकन कैदीहरूसँग बदला लेने मानिसहरूबाट अपहरणमा परेकी आफ्नो एक साथीको छोरीलाई बचाउन म्याक्सिको जान्छन्।

फिल्ममा पाज वेगा, सेरजियो पेरिस मेनचेटा, एड्रिएन्ना बराजा, यवेट्टे मोनरियल र जोआकिन कोसियो पनि देखिँदै छन्। फिल्म २० सेक्टेम्बरमा रिलिज हुँदैछ।

 

 

View this post on Instagram

 

A post shared by Sly Stallone (@officialslystallone) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *