भारतीय अभिनेत्री परिणीति चोपडा छिट्टै नयाँ फिल्म ‘द गर्ल अन द ट्रेन’मा देखिँदै छिन्। यो फिल्म हलिउड ‘द गर्ल अन द ट्रेन’ को रिमेक हो। यसलाई रिभू दासगुप्ताले निर्देशन गर्दै छन्।

अभिनेत्री परिणीतिले यो फिल्मको पहिलो शेड्युलको सुटिङ सुरु गरेकी छन्। फिल्म निर्माताले परिणीतिसँग जोडिएको भूमिकाको लुक्स सार्वजनिक गरेको छ, जसमा उनी इन्टेन्स देखिएकी छन्। उनी रगतमा लतपत देखिएकी छन्।

मलाई क्यारेक्टरसँग प्रेम भयो :  परिणीति

आफ्नो भूमिकालाई लिएर उनले आफ्नो धारणा सार्वजनिक गरिकी छन्। उनले भनेकी छन्, यो फिल्ममा मलाई फरक किसिमको अनुभव भएको छ। मैले कुनै होस्टलमा अनशासित जीवन बिताए जस्तै अनुभव गरिरहेकी छु। मेरो जीवनका तीनवटा काम मात्रै छन्, शूट गर्ने, आराम गर्ने र त्यसलाई दोहोर्‍याउने। म हरेक दिन सुटिङबाट मन अन्यत्र लैजाने कोशिस गर्छु तर सेटमा जाने पनि तीव्र इच्छा हुन्छ। मलाई क्यारेक्टर मिरासँग प्रेम भएको छ। म क्यारेक्टरको गहिराइमा रहिरहन चाहन्छु। मीरा अद्भूत छ। यस्तो प्रकारको भूमिका अहिलेसम्म मैले निभाएको छैन।’

परिणीति प्रतिभावान अभिनेत्री : निर्देशक रिभु

फिल्मको डायरेक्टर रिभु दासगुप्ताले यो फिल्म इन्टेन्स थ्रिलर क्यारेक्ट भएको बताएका छन्। उनले भने, ‘मसँग परिणीति जस्ती अभिनेत्री छन्, जसले यो भूमिकालाई उच्चाइमा पुर्‍याउने छिन्। एउटा अभिनेत्रीको नाताले उनीसँग दिनका लागि धेरै कुरा छ। एउटा अभिनेत्रीका रूपमा उनकी प्रतिभा अझै बाहिर आउन बाँकी छ। यो भूमिकालाई मानिसहरूले वर्षौंसम्म सम्झिनेछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *