काममाडौं  : अनमोल केसी र अदिति बुढाथोकी स्टारर फिल्म ‘कृ’ युट्युब रिलिज भएको छ । भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

एक्सन जनारामा निर्माण भएको यो फिल्ममा सुरेन्द्र पौडेलको लेखन, सम्पादन र निर्देशन छ । फिल्ममा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । फिल्ममा बदलाको कथा छ ।

सुवास इन्टरटेनमेन्ट र सुपर काजल्स फिल्मसको ब्यानरमा बनेको यो फिल्मले बक्स अफिसमा खासै सफलता हात पार्न सकेको थिएन । फिल्मको चर्चा भने राम्रै भएको थियो ।

चलचित्रमा अनमोल केसी, अनुपविक्रम शाही, अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

हेरौँ फिल्म :

Leave a Reply

Your email address will not be published. Required fields are marked *