चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारे अनुसन्धान गर्न भन्दै  चितवन प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । रविको रिहाइको माग गर्दै प्रदर्शनकारीले नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेको समर्थनमा बाक्लो संङख्यामा समर्थकहरु उपस्थित भएका छन् । प्रहरीले विहीबार साँझ काठमाडौँबाट पक्राउ गरी लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्‍याएको हो । प्रहरीले  कडा सुरक्षाका बीच पक्राउ परेकालाई मध्यरात १ बजे चितवन पुर्‍याएको थियो ।

चितवनमा उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । पक्राउ परेका तीनै जनालाई आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने जिप्रका चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *