एजेन्सी । वेल्सको एक क्रिकेट प्रतियोगितामा क्रिकेट बलले लागेर एम्पायरको मृत्यु भएको छ ।

वेल्सको पेमब्रोकशयरमा आयोजित एक एमेचोर प्रतियोगिताको दौरान बलले लागेर एम्पायर जोन विलियम्सको मृत्यु भएको हो ।

क्रिकेट बलले टाउकोमा लागेर घाइते भएको दुई सातापछि अम्पायर विलियम्सको मृत्यु भएको हो । ८० वर्षे अम्पायर विलियम्स गत जुलाई १३ मा आयोजित प्रतियोगितामा घाइते भएका थिए ।

काउन्टी डिभिजन २ का दुई क्लब पेमब्रोक र नार्बेथबीचको खेलमा उनी घाइते भएका हुन् । बलले टाउको लागेर घाइते भएपछि भेट्रान अम्पायर विलियम्सलाई तत्काल वेल्सको युनिभर्सिटी अस्पताल लगिएको थियो ।

विलियम्स वेल्सको हुन्डेलटन क्रिकेट क्लबका सचिव समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *