काठमाडौं : नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ। यो चलचित्रको बिहीबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साइतमा मुहुर्त गरियो। मुहुर्तसँगै बिहीबारबाटै यो फिल्मको छायांकन सुरु गरिएको छ।

यो चलचित्रमा नवीन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् ।

धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन्। काठमाडौंबाट यो चलचित्रको छायांकन सुरु भएको छ। काठमाडौंपछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायांकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए।

यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सहनिर्मातामा कुमार जँग कार्की रहेका छन्। यस्तै यसमा देव महर्जनको द्वन्द्व निर्देशन, यम आलेको छायांकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *