काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन्।

मन्त्री भट्टराईले देशभित्रै पाइलट उत्पादन गर्न र उनीहरूलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको पनि स्पष्ट पारेका छन्। बुधबार आफ्नै मन्त्रालयमा संचारकर्मीमाझ उनले ५० लाखभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दा कम खर्चमै देश भित्रै पाइलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको पनि स्पष्ट पारे।

त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ। मन्त्री भट्टराईले वायु सेवा कम्पनीलाई पनि पाइलट चाहिने भएकाले उनीहरूले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे। उनले सो विद्यालय स्थापनासम्बन्धी विस्तृत योजना केही दिनभित्रै ल्याउने घोषणा पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *