विवाहपश्चात् शारीरिक सम्बन्धलाई जिन्दगीको एक प्रमुख तत्त्वको रूपमा लिइन्छ । केही युवती यसबारे गम्भीर हुने तथा विवाहअगाडि सम्बन्धको बारेमा धेरै सोच पालिराखेका हुन्छन् । यस्ता कुरा उनीहरू अरूसँग शेयर गर्न पनि चाहदैनन् ।
१. पार्टनरको व्यवहार

केही युवती आफ्नो पार्टनरको शारीरिक सम्बन्धमा कस्तो व्यवहार गर्छ भन्ने कुराले सताउने गर्छ । सेक्स पार्टनरले आफ्नो भावना बुझ्छ कि बुझ्दैन यो प्रश्नले उनीहरूलाई सताइरहन्छ ।

२. रीतिको विचार

कुन घरमा कस्तो चलन छ त्यो विवाहपश्चात थाहा हुन्छ । यी कुराले पनि उस्तै पिरोलोमा युवतीलाई पार्ने गर्छ । ती घरमा रहेको चलन, पालन गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले उनीहरूलाई सताइरहेको छ ।

३. फिल्मी दुनियाँको सपना

हरेक युवती सुहागरातको दृश्यलाई फिल्मको झै हुने तरिकाले लिन्छन् । फूलहरूले भरिएको कोठालगायत अन्य धेरै कुरा फिल्मी जस्तै होस् भन्ने उनीहरू चाहन्छन् । तर, वास्तविकतामा त्यस्तो नहुन पनि सक्छ ।

४. पार्टनरलाई कसरी भन्ने

विवाहपछि थाकेको अवस्थामा शारीरिक सम्बन्ध बनाउने सक्दिन भन्न सक्ने हिम्मत आउला नअउँला भन्नेबारे उनीहरू सोच्ने गर्छन् ।

५. साथीहरूसँग गरिएका कुराहरूले डराइ राख्छ

आफ्ना साथीसँग विवाहबारे गरिएका कुराले सधैँ कौतुहलताका साथ डर बनाइराखेको छ । आफ्ना साथीहरूको उल्टोसुल्टो कुराहरूले उनीहरूलाई चिन्तित बनाउने गर्छ ।  एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *