काठमाडौं : तेरिया मगरलाई नचिन्ने सायदै को होला। भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा झनै चुलिएको छ । उतीबेलाको उनको चर्चा अझै सेलाउन पाएको छैन।

कुनै मोडलभन्दा कम नदेखिने सुन्दर तेरियाले उपाधि जितेसँगै व्यस्तता निकै बढेको छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति दिँदै आएकी छन्। डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन् । निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भइसकेकी छिन । रुपन्देहीमा जन्मिएकी तेरिया मगर नेपालको पूरा नाम भने तेरिया फौजा मगर हो।

कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभाकै कारण तेरियाले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छिन् । उनले सामाजिक सञ्जालमा हालेका तस्बिरमा उनको सुन्दरता निखारिँदै गएको देखिन्छ। उनले विभिन्न पोजका तस्बिरहरू सामाजिक सञ्जालमा फेसबुकमा पोस्ट गरेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *