पोखरा : ‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम संगीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले  शनिबार पोखराको सभागृहमा गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताइन् । उपाध्यक्ष कौशल्या गुरुङले कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत गर्दै उनहीरू प्रति समर्पण गरिने जानकारी दिइन्।

कार्यक्रममा संस्थामा आबद्ध ईतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन लगायत सम्पूर्णको प्रस्तुति रहने जनाइएको छ । उक्त अवसरमा संस्थाले दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्यांगना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदीयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभाबाट सम्मान गरिने संस्थाका सचिव बबी सुनारले जानकारी दिइन्।

कार्यक्रममा पोखराकै रारा चाउचाउले टाइटल स्पोन्सर गरेको छ भने अन्य विभिन्न संघ संस्था तथा सञ्चारमाध्यमले सहयोग गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *