नयाँ सूचना प्राप्त गर्दा हाम्रो मस्तिष्क यस्तो खुसी हुन्छ कि हामीलाई मन पर्ने खाना प्राप्त भए जस्तो। यस्तो दाबी अमेरिकाको जर्नल प्रोसिडिन्गस अफ द नेशनल एकेडेमी अफ साइन्सले प्रकाशित गरेको अनुसन्धानले गरेको हो।

अनुसन्धान प्रतिवेदनमा बताएअनुसार कुनै नयाँ सन्देश नआउँदासम्म हामीले हाम्रो मोबाइल फोनलाई बारम्बार हेरिरहन्छौँ, ठीक त्यसै प्रकारले हाम्रो दिमागले पनि नयाँ सूचना नपाउँदासम्म आफ्नो स्थितिलाई बदलिरहन्छ। मानिस पैसा प्राप्तीका लागि जस्तो गरिरहेको छुन्छ त्यस्तै हालत दिमागमा नयाँ सूचना नजाँदा हुने गरेको उक्त अनुसन्धानले खुलासा गरेको हो।

यो अनुसन्धानको रोचक कुरा त यो छ कि अनुसन्धानकर्ताले उक्त अनुसन्धानमा संलग्न मानिसहरूलाई जुवा खेलाएर गरेका थिए। हाम्रो दिमागले यस कुरालाई पनि स्पस्ट पार्छ कि हामी कुनै पनि प्रकारले प्राप्त सूचनाको उपयोग गरिरहेका हुन्छौँ।

दिमागमा सूचना र अर्थको एउटै न्यूरल कोड

क्यालिफोर्निया यूनिवर्सिटीका शोधकर्ता मिंग सूका अनुसार हाम्रो दिमागमा सूचना र अर्थका लागि एउटै न्यूरल कोड हुने गर्छ। यसले हामीलाई कुन चिज कति र कसरी प्रयोग गर्ने भन्ने बताउने गर्छ। कहिलेकाहीँ यसले हामीलाई आवश्यकताभन्दा बढी प्रयोग गर्नका लागि पनि उक्साउँछ।

जुन प्रकारले हामीलाई जंक फूड मन पर्छ, त्यस्तै प्रकारले हाम्रो दिमागलाई सूचनाले आनन्दित महसुस गर्छौँ। यद्यपि ती सूचना हाम्रो लागि आवश्यकता नहुन पनि सक्छन्।

एमआरआई स्क्यान गरेर विश्लेषण

सूचनाबाट हाम्रो दिमागको उही भाग सक्रिय हुन्छ, जहाँबाट डोपामाइन प्रवाह हुन्छ। अनुसन्धानकर्ताहरूले एमआरआई स्क्यान गरेर विश्लेषण गर्दा यो कुरा पत्ता लागेको हो। डोपामाइन पैसा प्राप्त गर्दा र भोजन गर्दा सक्रिय हुने रसायन हो।

मानिसहरूको जिज्ञासालाई न्युरोसाइन्सका माध्यमबाट बुझ्नका लागि शोधकर्ताहरूले अनुसन्धानमा संलग्नलाई जुवा खेलाएका थिए। यसबाट जित्ने मानिसले कति रिक्स लिएर जानकारी हाँसिल गरेर जुवा खेल्यो र कति रकम दिनको लागि तयार भयो भन्नेबारेमा विश्लेषण गरिएको थियो।

एक सेकन्डमा १ लाखभन्दा धेरै रासायनिक प्रतिक्रिया

अनुसन्धानका क्रममा मानिसको मस्तिष्कमा एक सेकेन्डमा एक लाखभन्दा धेरै रासायनियक प्रतिक्रिया हुने खुलासा भएको छ। यसैका कारण हाम्रो उमेरअनुसार दिमाग परिपक्क हुँदै जानका साथै नयाँ-नयाँ योग्यता हाँसिल हुन्छ।

मानिसको दिमाग हरेक उमेरमा नयाँ कुरा सिक्न र नयाँ जानकारी प्राप्त गर्नका लागि सधैँ तयार रहने गर्छ। नयाँ जानकारी हासिसल गर्दा दिमागमा संकुचन जस्तो बनावटको विकास हुन्छ। एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *