काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ।

महाशाखाका सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए।

दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।


हेर्नुहोस् केन्द्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *