अघिल्लो पटकको विश्वकप उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकटको १२औँ संस्करण अन्तर्गतको खेलमा श्रीलंकामाथि विशाल अंकले जित निकालेको छ। न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो।

कार्डिफको सोफिया गार्डेन्स मैदानमा शनिबार भएको आइसिसी विश्कवप क्रिकेटअन्तर्गको तेस्रो दिनको पहिलो खेलमा न्युजिल्यान्डलाई श्रीलंकाले १३७ रनको चुनौति प्रस्तुत गरेको छ। श्रीलंकाको उक्त चुनौति पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा १३७ रन बनाएर हाँसिल गरेको थियो।

टस जितेर न्युजिल्यान्डले श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभर खेल्दै १३६ रन जोड्न सक्यो।

न्युजिल्यान्डका लागि मार्टिन गप्टिलले ५१ बलमा ७३ रन बनाए भने कालिन मुनरोले ४६ बलमा ५८ रनको योगदान दिए।

श्रीलंकाका लागि सर्वाधिक कप्तान दिमुथ करुणारत्नेले ५२ रनको योजदान दिए। त्यस्तै, उसका लागि कुसाल परेराले २९ रन जोड्दा थिसरा पेरेरलाले २७ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

न्युजिल्यान्डका लागि मेट हेनरी र लुकी फर्गुसनले समान ३/३ विकेट लिए। त्यस्तै, उसका लागि सेन्टेनर, नीसम, ग्रान्डोमी, बोल्टले समान १/१ विकेट लिएका थिए। अहिले न्युजिल्यान्डले श्रीलंकाले दिएको चुनौती पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

तेस्रो दिनको दोस्रो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच जारी छ। अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा २७ ओभर खेल्दै ५ विकेटको क्षतिमा अफगानिस्तानले १०७ रन जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *