काठमाडौं : मुगु केन्द्रबिन्दु बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । मुगु केन्द्र बनाएर र ४ दशमलव ६ म्यानेच्युट क्षमताको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा क्षेत्रलाई केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

योसँगै जेठ महिनामा मात्रै चार वटा भूकम्प गएको छ। यसअघि रामेछापको गुमदेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प को धक्का महसुस गरिएको थियो । गुमदेल क्षेत्रलाई केन्द्र बनाएर ४.९ म्याग्नेच्युड क्षमताको भूकम्प गएको थियो ।

जेठ ७ गते लमजुङ  केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने जेठ ३ गते धादिङ केन्द्र भइ ५.० म्याग्नेच्युडको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *