काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।  प्रहरी महानिरीक्षको आइतबार बसेको निर्णयानुसार जेठ महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्याल, मानव श्रोतसाधन प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाले जनाएको छ।

सरुवा सूचीअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी,  उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *