काठमाडौं । सिभिल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले क्षेत्रमा जागिर खाइ आफ्नो भविष्य सुनिश्चित बनाउन चाहानेहरूका लागि अवसरको ढोका खोलिदिएको हो । बैंकले विभिन्न पाँच पदका लागि १५७ जना कर्मचारी माग गरेको छ ।

बैंकद्धारा प्रकाशित सूचनाअनुसार ब्रान्च म्यानेजर ३५ जना, रिलेसनसिप म्यानेजर ६३ जना, हेड रेमिटेन्स अपरेसनमा १ जना, अपरेसन इन्चार्जमा ४२ जना र अपरेसन असिस्टेन्टमा १६ जना कर्मचारी माग गरेको छ ।

जागिरका लागि आबेदन दिन चाहानेहरुले जुन १० तारिखसम्ममा अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

विस्तृत जानकारी विज्ञापनमा हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *