अहिले ‘सेनेटरी प्याड’को यस्तो गरी विज्ञापन भइरहेछ मानौ ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । ‘प्याड’ नभएर छात्रा स्कुल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नी प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ ।

म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतीको (आमाको सुतीको धोती )पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिइन् । त्यो बेलामा सेनेटरी प्याडको चलन थिएन। महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोइन्थ्यो, कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन ।

तर, अहिले त गाउँगाउँमा पनि मानौ सनेटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कुलस्कुलमा ‘सनेटरी प्याड खसाउने बाकस’ भनेर ठूलो अक्षरमा समाचार आउँछ ।

प्याडको अर्थशास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर १०० रुपैयाँ पर्‍यो भने एक महिनामा प्रजनन उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे महिनामा ५ लाख× १०० झण्डै ५० करोड अर्थात् वर्ष भरिमा झण्डै ६ अर्बको प्याड प्रयोग हुन्छ । कसैले त दुईवटा प्रयोग गर्नुपर्ने हुन्छ । सुत्केरी भएकी महिलाले लगाउने प्याडको त मैले हिसाब गरेकी छैन ।

नेपालमा सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहहरूलाई दिए वर्षमा कति पैसा बच्थ्यो होला? घरेलु प्याड बनाउन, प्रयोग गर्न पनि एकदम सजिलो छ, घरायसी प्याडले महिनावारी व्यवस्थापन हुन्छ भनेर कल्ले बोल्ला ?  डा. पोषणविद् एवं महिला स्वास्थ्य विज्ञ अरुणा उप्रेतीको सामाजिक सञ्जालबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *