काठमाडौं : चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणममा लागेका हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन्।
सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो राखेका हुन् । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताएका छन्।
उनले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गरेका छन् । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिएका छन्।