एजेन्सी : मानिस आफूलाई सुन्दर देखाउन केसम्म गर्दैनन् ? अझ महिला आफूले थापा पाएसम्म सबै कुरा प्रयोग गरिरहेका हुन्छन् । रूपदेखि शारीरिक बनावटसम्म सबै कुरामा महिला विशेष ध्यान ध्यान दिने गर्छन् । धेरै मोटो हुँदा कुरुप भइन्छ भनेर फाष्टिङ, डाइटिङ तथा एक्सर्साइज गरि आफ्नो फिगर मेन्टेन गर्छन्।

फिगर बनाउन युवतीले धेरै पसिना बगाउने गर्छन् । यस्तैमा भेनेज्वेलाकी एक मोडेलले आफ्नो शरीरलाई अनौठो तरिकाले मेन्टेन गरेकी छन् । मोडल एलेइरा एभेन्डानोको फिगर देखेर अहिले विश्वभरका मानिस चकित परेका छन् ।

उनका शरीरका अन्य अंग मोटै देखिए पनि कम्मर भने निकै पातलो छ । ६ वर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो । संसारकै सबैभन्दा अलग देखिनका लागि उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पातलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटकभन्दा बढी सर्जरीसमेत गराएकी छन् ।

१९ वर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिन चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम रहेको उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई दिएको अन्तर्वार्ताहरूमा बताउने गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *