भारतीय अभिनेता हृतिक रोशनको प्रफेक्ट बडीको चर्चा भारतमा मात्रै नभइ विश्वभर हुने गर्दछ। प्रफेक्ट फिट्नेस, किलर लुक्स, भर्सटाइल एक्टिङ र आफ्नो सानदार डान्सका कारण हृतिकले लाखौँ-करोडौं फ्यानको मन जितेका छन्।

हृतिकले भारतीय चलचित्र क्षेत्रमा धेरै राम्रा चलचित्रमा काम गरिसकेका छन। उनले जोधा अकबर बैंग बैंगजस्ता फिल्ममा आफ्नो अभिनयको जादु देखाएका छन्। उनले आफ्नो अभिनयमा त कडा मिहिनेत गर्छन् नै त्योभन्दा बढी उनले आफ्नो फिट्नेसमा ध्यान दिन्छन्। उनले एक अन्तर्वार्ताका क्रममा उनले आफू मर्निङ वाक गर्न रुचाउन व्यक्तिका रूपमा आफ्नो परिचय दिएका थिए। उनले आफ्नो फिट्नेस रुटिनलाई पनि स्ट्रिकली फलो गर्ने गरेका छन्।

जानौँ ‌हृतिकको फिट्नेससँग जोडिएका केही इस्पायरिङ कुरा :

हृतिकको वर्कआउट धेरैजसो उनको फिल्मअनुसार हुन्छ। उनले बेसिक कार्डियो र स्ट्रेथ ट्रेनिङ सधैँ फलो गर्छन्। उनका जिम ट्रेनर क्रिस गेथिन उनको वर्काउटका क्रममा हुन सक्ने खतरालाई खास ख्याल गर्छन्। उनले वर्कआउटलाई दिनमा दुई भागमा बाँडेका छन् जसलाई उनले पूर्णरूपमा फलो गर्छन्।

हृतिकले ह्याबी मिल्स कहिलै खाँदैनन्। उनले आफ्न डाइटलाई विभिन्न भागमा बाँडेर खान मनपराउँछन्। उनले खाना केही समयको अन्तरालमा लिन रुचाउँछन्। यसकारण उनी दिनभर एक्टिभ रहन्छन् र मेटापोलिजम पनि राम्रो हुन्छ।

उनले आफ्नो मस्कुलर बडीका लागि प्रोटिन डाइट लिन्छन्। जसमा एग ह्वाइट, चिकन र प्रोटिन शेख रहन्छ। बडीमा कार्ब्सको आवश्यकता पूरा गर्नका लागि उनले ओटस, स्विट पोटेटो र ब्राउन राइस खान्छन्। यसबाहेक स्प्राउट्स, तरकारी जस्ता स्पिन्च र ब्रोकाउलीलाई पनि आफ्नो डाइटमा समावेश गर्छन्।

बलिउड सुपरस्टार हृतिक केबल डान्सिङमात्रै गर्न रुचाउँदैन उनलाई एडभान्चर स्पोर्टस पनि धेरै मन पर्छ। स्कीइङ र वाटर स्पोर्टसजस्ता एक्टिभिटीज मनपर्ने उनका एडभान्चर स्पोर्ट हुन्। उनी चाँडै नै सुपर ३० फिल्ममा देखिदै छन्। त्यसमा उनी एक अलग अवतारमा देखिँदै छन्। उनले उक्त फिल्ममा आनन्द कुमारको भूमिका निभाउँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *