सलमान खानको फिल्म भारत छिट्टै नै रिलिज हुँदैछ। फिल्ममा फेरि एक पटक सलमान खान र कटरिना क्याफको जोडीलाई साथमा देख्न पाइने छ। फिल्मलाई अलि अब्बास जफरले डाइरेक्ट गरेका हुन्। अब्बासले फिल्मको शीर्षक कसरी जुर्‍यो भन्ने खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा भारत फिल्मको शीर्षक कसरी जुर्‍यो भने विषयमा बताएका छन्।

अब्बासले पिटिइसँगको अन्तर्वार्ताका क्रममा भने, ‘मैले फिल्मको नाम ओड टू माइ फादर नै राख्न चाहन्थेँ। मैले उक्त व्यक्तिले आफ्ना बुवासँग के प्रमिस गरेको थियो भन्ने कुरामा ध्यान दिएको थिइन। फेरि मैले सलमानलाई भने मैले यो फिल्मलाई केबल तपाईंको यात्राको रूपमा निर्माण गर्ने छैन, यसलाई मैले पूरै राष्ट्रको यात्राका रूपमा निर्माण गर्ने छु। यद्यपि मैले पात्रको के भनेर बोलाउन भन्ने निश्चय गर्न चाहन्थेँ।’

उनले अगाडि थपे, ‘फेरि मैले बिचार गरेँ। मैले सोचेँ राम नाम मायथोलोजीका हिसाबले पनि एकदमै राम्रो लाग्ने छ। पात्रलाई अर्जुन भनेर बोलाउन पनि सकिन्छ। या करण नाम पनि एकदमै राम्रो हुनसक्थ्यो जो एक निस्वार्थ हिरो थिए। फेरि फिल्मको नाम के राख्ने। पछि मलाई लाग्यो यो फिल्मलाई देशको अभिप्रायको रूपमा लिनु पर्छ। वर्षौंदेखि देश बन्दै बिग्रिँदै आएको छ र एक व्यक्तिले आफ्नो जीवनमा केयौँ जेनेरशन बन्दै बिग्रिँदै गरेकव देखेको छ। मलाई लाग्यो देशको नाम नै उक्त व्यक्तिको नाम हुनुपर्छ।’

फिल्मको कुरा गर्दा यो दक्षिण कोरियान मुभि ओड टु माइ फादरकव रिमेक हो। फिल्ममा सलमान खानको विपरीतमा कटरिना क्याफ देखिने छिन्। यी कलाकारबाहेक फिल्ममा सुनिल ग्रोबर, तब्बु र दिशा पाटनीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। अहिले फिल्मका गीतहरू दर्शकहरूले खुबै मनपराएका छन्। साथै फिल्मको ट्रेलर पनि रिलिज भएको छ। ट्रेलरमा दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *