बलिउड अभिनेत्री नोरा फतेही छिट्टै भारत चलचित्रमा देखिँदै छिन्। नोरा सत्यमेव जयतेको दिल्बर गीतपछि इन्टरनेश्नल स्टार बनेकी हुन्। उनको उक्त गीत विभिन्न भाषामा सुट भएको छ।
साथै नोरा सामाजिक सञ्चालमा पनि लगातार चर्चामा रहन्छिन्। भर्खरै उनीले आफ्नो इन्स्टाग्राम एकाउन्टका लागि एउटा भिडियो सुट गरेकी छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ। उनीहरूले सुट गरेको भिडियो केही रोमान्चक रहेको छ।
View this post on Instagram
उनले भिडियो क्याप्समा लेखेकी छन्, ‘केही अनौठो महसुस हुन सुरु भएको छ… हाम्रीहरूसँग जोडिइरहुनुहोला।’ भिडियोमा नोरा असिस्टेन्ट डाइरेक्टर स्टिवन राय थोमससँग दिल्ली एयरपोर्टमा हिँडिरहेको देखाइएको छ। दुवै जना साथैमा जाँदै गर्दा अचानक एक फ्यान दौडँदै आएर स्टिवनसँग सेल्फी लिन लाग्छन्। साथमै रहेकी नोरा उक्त घटनालाई अचम्म मान्दै हेर्छिन्। त्यसलगत्तै पुनः एक फ्यान आएर उनीसँग सेल्फी लिन्छन्।
View this post on Instagram
Something really strange is starting to happen… 😐😐 stay tuned…. @stevenroythomas @zoya.makeupandhair
२१ घण्टामा उक्त भिडियोलाई १० लाख पटक हेरिएको छ भने केही युजरले रमाइला टिप्पणी पनि गरेका छन्। एक युजरले कमेन्ट बक्समा लेखेका छन्, ‘कम्तीमा एक सरदारले त तिमीले चिन्दो रहेछ। निराश नहुन नोरा।’
नोरा सलमान खान स्टारर फिल्म भारतमा छिट्टै देखिँदै छिन्। फिल्मको ट्रेलर पनि रिलिज भइसकेको छ। फिल्म ५ जुनका दिन हलमा रिलिज हुँदैछ। फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् र फिल्ममा करिना कैफ लिड रोलमा देखिँदै छिन्। यसका साथै दिशा पाटनी पनि फिल्ममा देखिनेछिन्। उनले सलमानको पार्टनरको भूमिका निभाउँदै गरेको देख्न पाइने छ।
View this post on Instagram