अहिले मोटरसाइकल अतिआवश्यक साधन भएको छ। सानो ठाउँमा पनि सजिलै लजान मिल्ने भएकाले पनि मोटरसाइकलप्रति धेरैको आकर्षण हुने गर्दछ। अझ शहर बजारमा बसेर काम गर्नेहरूका लागि त नभइ नहुने साधन जस्तै भइसकेको छ।

तर, मोटरसाइकल चलाउनका लागि सर्वप्रथम अनुमति पत्रको आवश्यकता पर्दछ। यदि तपाईंहरू पनि चालक अनुमति पत्र निकाल्ने सोच्न हुनुहुन्छ भने अपनाउनुहोस् यी टिप्स:

१. तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने  मानसिकता बनाउनुहोस्।

२. तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला। सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ।

३. हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस्। बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस्।

४. सुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस्। सुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन्।

५. सिक्दा हतार गर्ने आत्तिने गर्ने गर्नुहुँदैन। अफठ्यारो लागेको अवस्थामा सिकाउनका लागि उपस्थित रहेका व्यक्तिलाई बताउनु पर्दछ। साथै बढी आत्मविश्वासी पनि हुनुहुँदैन। यसो गर्दा दुर्घटना निम्तिने खतारा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *