काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमका महत्वपूर्ण सदस्य एवं ब्याटसम्यान एलेक्स हेल्स तीन साताको लागि प्रतिबन्धमा परेका छन् । प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि उनी २१ दिनका लागि प्रतिबन्धमा परेका हुन् ।

विश्वकपका लागि घोषणा भएको इंग्ल्याण्डको टिममा हेल्सको नामपछि समावेश थियो । तर ड्रग टेष्टमा उनी पोजेटिभ पाइएपछि हेल्सलाई ३ साता प्रतिबन्ध लगाइएको छ ।

विश्वकपका लागि इंग्ल्याण्डको टिम छनोटकर्तालाई उनी प्रतिबन्धित औषधि प्रयोगमा सकारात्मक पाइएको थाहा नभएकाले हेल्सलाई टिममा राखेको बताइएको छ । हेल्समाथि फेरि २१ दिनपछि दोस्रो चरणको टेष्ट हुनेछ ।

पहिलो चरणको परीक्षणमा उनी फेल भएपछि उनले खेल्दै आएको नोटिङह्यामसायर रोयल लण्डन क्लबको क्याम्पबाट व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।

अब उनीमाथि के हुन्छ :

इन्ग्लिस एन्ड वेल्स क्रिकेट बोर्डको नियम अनुसार प्रतिबन्धित पदार्थ सेवनमा दोषी भेटिए उसलाई रिहेबिलिटेशन कार्यक्रममा समावेश हुनुपर्ने हुन्छ। त्यसपछि उक्त खेलाडी पुनः मैदानमा फर्किन सक्छ। अब हेल्सलाई पनि उक्त प्रक्रियाबाट अगाडि बढ्नु पर्ने हुन्छ।

यदि खेलाडी दोस्रोपटक यस्तै कार्यमा दोषी भेटिए तीन हप्तासम्म प्रतिबन्ध र म्याचको पाँच प्रतिशतसम्म जरिवाना तिर्नु पर्छ। हेल्सको यो दोस्रो गल्ती भएको बताइउको छ। उनी माथि अझै लामो प्रतिबन्ध लाग्न सक्ने सम्भावना पनि छ।

यदि तेस्रो पटक सोही घटनामा दोषी भेटिए एक वर्षसम्म प्रतिबन्ध लाग्ने छ वा सम्झौता नै रद्ध हुन सक्ने छ। हेल्स सन् २०१७ मा पनि एक घटनामा दोषी भेटिएका थिए ।

हेल्समाथि लागेको प्रतिबन्धपछि इन्ग्ल्यान्डका पूर्वक्रिकेटर माइकलले प्रतिक्रिया दिएका छन्। उनले ट्विटरबाट उनलाई विश्व कपको टिमबाट हटाउन पर्ने धारणा राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *