सामाजिक सञ्जालमा रुखको प्वालमा सुतिरहेको यो लाटोकोसेरोको तस्बिर यतिबेला भाइरल भइरहेको छ। यो तस्बिरले लाखौँ मानिसको ध्यान खिचेको छ। पहिलोपटक यो तस्बिर हेर्दा तपाईंले पनि भ्रम हुन सक्छ। किनकि पहिलो पटकमा रुखको प्वालमा लुकेको लाटोकोसेरोलाई ठम्याउन केही सकस हुन्छ।

लाटोकोसेरो र रुखको रङ एकै प्रकृतिको भएका कारणले त्यहाँ रहेको लाटोकोसेरो ठम्याउन केही कस्ट गर्नुपर्ने भएको हो। संसारभर भाइरल भएको यो लाटोकोसेरोको तस्बिर ६७ वर्षीय एलिस म्याकले खिचेका हुन्। म्याक रिटार शिक्षक हुन्। उनी क्यानाडास्थित आफ्नो शहर ओटावामा बस्छन्।

‘ब्रिटानीय कन्जर्वेशन एरियामा यात्राका क्रममा मेरा आँखा एउटा रुखतर्फ खिचिए। त्यहाँ मैले आनन्दले सुतिरहेको लाटोकोशेरो देखेँ,’ उनले आफूले खिचेको लाटोकोसेरोको तस्बिरका बारेमा जानकारी दिँदै भने, ‘मैले जीवनमै पहिलोपटक कुनै लाटोकोसेरोलाई यसरी लुकेर सुतिरहेको देखेको थिएँ। मैले उसलाई देखेर अत्यान्तै रोमाञ्चक महसुस गरेँ।’

सामान्यतया लाटोकोसेराले शिकारीहरूबाट बच्नका लागि विभिन्न प्रकारका उपाय अपनाउने गर्छन्। यस्ता प्रकारका रणनीतिले उनीहरूमाथि हुने आक्रमणबाट बच्न सघाउ पुर्‍याउँद छ। अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर २०० प्रजातिका लाटोकोसेरा छन्। जसमध्ये १६ प्रजाति क्यानाडामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *