भारतमा जारी सर्वाधिक ठूलो लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बाट खेलिरहेका दक्षिण अफ्रिकी खेलाडी डेल स्टेनले बाँकी खेल गुमाउने भएका छन् ।

खेलका दौरान पाखुराको चोट लागेपछि तीव्र गतिका बलर स्टेनले आइपिएलका बाँकी खेल गुमाउन भएका हुन् । स्वास्थ्यका कारण उनले बाँकी खेल नखल्ने भएको आरसीबीले विज्ञप्ति जारी गरेर बताएको छ।

‘पाखुरामा लागेको चोटका कारण डेल स्टेनलाई पर्याप्त आरामको जरुरी छ । त्यसैले यो सिजनका बाँकी खेल खेल्न उनी आरसीबीका लागि उपलब्ध हुने छैनन्,’ आरसीबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *