सुन बारम्बार किन्न सकिँदैन। किनकि यो बहुमूल्य धातु हो। त्यसैले महँगो मूल्य तिरेर पनि कतिपय व्यक्ति सुन किन्दा ठगिन्छन्। यसको मुख्य कारण के हो भने मानिसहरु मूल्य सुनेर बजारमा सुन किन्न जान्छन् तर उनीहरूलाई सुन किन्ने तरिका थाहा हुँदैन । सुनको गुणवत्ता हेरेर विभिन्न क्यारेटको हुन्छ ।

अब विचार गर्नुस् तपाईंले कति क्यारेटको सुनलाई पैसा तिर्दै हुनु हुन्छ । तपाईंलाई २४ क्यारेट भनिएको सुन समेत २४ क्यारेट नहुने सम्भावना प्रवल हुन्छ । किन भने २४ क्यारेटको सुन एकदमै कमजोर हुन्छ र यसका गहना भाँचिने र टुट्ने सम्भावना बढि हुन्छ ।

पहिलो कुरा

शुरुमा तपाईंलाई क्यारेटको नाममा ठगिन्छ भने त्यसपछि गहना बनाउन लाग्ने चार्जको शीर्षकमा । तपाईंले आज बनाएको गहना भोलि फिर्ता गर्न जानु भो भने पनि पसलेले तपाईंसँग गहना बनाएको चार्ज भनेर ५ देखि १० प्रतिशत पैसा काट्ने गर्छन् । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा खानु पर्ने अवस्था आउन सक्छ ।

ध्यान दिनु पर्ने कुरा के हो भने तपाईंले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मूल्य मात्र पाउनु हुन्छ । सकेसम्म कमभन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाईंलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।

अर्को कुरा

गहना बेच्नेहरूले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरूले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहक त ठगिनेसमेत हुन्छ ।

यी ५ कुरा कहिल्यै नभुल्नुस्

१. मेकिङ चार्ज

सुनको मूल्य जति भए पनि हामीले गहना किन्दा त्यति नै मूल्यमा पाउँदैनौं । किन भने त्यसमा मेकिङ चार्ज जोडिएको हुन्छ । फरक फरक गहनामा यो मेकिङ चार्ज फरक फरक हुन्छ । तपाईंले कुनै पनि गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सधैँ ध्यान दिनुस् । किन भने मेकिङ चार्जले तपाईंको गहना सस्तो हुने कि महँगो हुने भन्ने कुरा निर्धारण गर्छ । ध्यान दिनु पर्ने कुरा के हो भने तपाईंले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मूल्य मात्र पाउनु हुन्छ । सकेसम्म कमभन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाईंलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।

२ मेकिङ चार्ज ट्याग

बजारको अस्वस्थताका कारण पछिल्लो समयमा कतिपय ज्वेजर्सहरूले मेकिङ चार्जको ट्याग पनि लगाउँछन् । तर सुनको मूल्य तथा मेकिङ चार्जमा घटबढ भइरहन्छ । तसर्थ मेकिङ चार्जको ट्याग भएका गहना बेच्नेहरुले बेच्ने समयको ट्याग लगाइदिने हुँदा अर्डर गर्दा नै मेकिङ चार्जबारे प्रष्ट हुनु राम्रो हुन्छ । यो कुरामा ध्यान नदिने हो भने खरिद गर्ने समयमा अर्डर गरेको भन्दा महँगो पर्ने सम्भावनासमेत हुन्छ ।

३ वेष्टेज चार्ज

सुनको मूल्य कम भएको समयमा पुराना गहना बेचेर नयाँ बनाउँ भन्ने सोच्नु भएको छ भने तपाईंले विचार पुर्‍याउनु पर्छ । किन भने गहना बेच्नेहरूले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरू त ठगिनेसमेत हुन्छ ।

गहना फिर्ता गर्नुअघि वेष्टेज चार्ज कति हो भनेर प्रष्ट भएपछि मात्र फिर्ता गर्नुस् अन्यता ठगिने खतरा हुन्छ । अझ कतिपय ज्वेलर्सले त ग्राहकलाई तौलमै ठगी गर्ने गरेकोसमेत फेला पर्ने गरेको छ ।

४ सुनको सुद्धता

सुनका गहना खरिद गर्दा सबैभन्दा विचार पुर्‍याउनु पर्ने कुरा यसमा हुने सुद्धताको कुरा हो । सुन जति सुद्ध भयो त्यति नै फिर्ता गर्दा पनि उत्तिनै रकममा फिर्ता गर्न सकिन्छ । हरेक विक्रेताले आफ्नो सुन सुद्ध भएको दावी त गर्छन् तर यो दावी सत्य नहुने सम्भावना बढी हुन्छ । सुनमा बिआइएस हलमार्कलाई अन्तर्राष्ट्रिय सुद्धताको मानक मानिन्छ । यस्तो मार्क भएको सुन ९१ दशमलव ६ प्रतिशत खरो अर्थात २२ क्यारेट सुद्ध भन्ने हुन्छ ।

५ हलमार्क चार्ज

तपाईंले गहना खरिद गर्दा गहनाको मूल्यभन्दा अतिरिक्त पैसासमेत तिर्नु पर्छ । यसमा यसको सुद्धता जाँचको लागतसमेत समावेस गरिएको हुन्छ । तर फरकफरक ज्वेलर्सले हलमार्को चार्ज भन्दै फरक फरक पैसा लिन्छन् । त्यसैले यो चार्ज तिर्नु पर्दा सँधै चनाखो हुनुस् । सबैतिर बुझेर मात्र हलमार्कको चार्ज तिर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *