काठमाडौं : नेपाल एसीसी १६ बर्षमुनिको इस्टर्न रिजन क्रिकेटमा समुह को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनलमा हङकङसंग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा आज थाईल्यान्डलाई पराजित गरेको नेपाल समूह ए को बिजेता बन्दै सेमिफाईनलमा गएको हो । हङकङ्ग समूह बीको उपविजेता हो । अर्को सेमिफाइनलमा समूह बीको विजेता सिंगापुरले समूह को उपविजेता मलेसियाको सामना गर्नेछ ।

सेमिफाइनलको दुवै खेल पर्सी शनिबार हुनेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । आज समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १ ओभर ५ बलमा खाता खोल्न नपाउँदै भारी बर्षा भएपछि खेल रद्ध हुन पुग्यो ।

जसका कारण दुबै टोलीले ११ अंक बाँडे । थाइल्याण्डको चाङमाईमा नेपालले आयोजक थाइल्याण्डलाई २ सय ३५ रनको लक्ष्य दिएको थियो । नेपालले पुरै ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको हो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रन बनाए भने विशाल विक्रम केसीले ३८ तथा दीपक बोहोराले ३५ रन जोडे ।

थाइल्याण्डका लागि नरवीत नुन्ताराचले सर्वाधिक तीन विकेट लिए भने योदसाक सारानोन्नाक्कुमले २ विकेट लिए । नेपालले समुह चरणको पहिलो खेलमा म्यानमारलाई ७ विकेट र मलेसियालाइ ३९ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *