इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आगामी मे ३० देखि जुलाई १४ सम्म आयोजना हुने एक दिवसीय विश्वकपको लागि वेस्ट इन्डिजले जोसन होल्डरको कप्तानीमा आफ्नो टोली घोषणा गरेको छ।

वेस्ट इन्डिजले बुधबार राति १५ सदस्य टोली घोषणा गरेको हो। घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउँदा सुनिल नारायण र काइरोन पोलार्डले स्थान बनाउन सकेनन।

रसेलले करिव ९ महिनापछि टिममा स्थान बनाउन सफल भएका छन । उनले पछिल्लो पटक जुलाई १८ मा एकदिवसीय खेलमा सहभागीता जनाएका थिए। गत फेव्रअरीमा इङग्ल्यान्डविरुद्धको अन्तिम २ एक दिवसीय खेलमा उनलाई टिममा बोलाइएको भए पनि चोटका कारण सिरिजबाट नाम निकालिएको थियो।

वेस्ट इन्डिजको १५ सदस्य टोली

१. जोसन होल्डर(कप्तान)

२. क्रिस गेल

३. आन्द्रे रसेल

४. शिल्डन कोटरेल

५. शैनन गेब्रियल

६. किमर रोच

७. कार्लोस बर्थवेट

८.. डवान ब्राभो

९. इभिन लुईस

१०. शिम्ररोन हिटमायर

११. शाई होप

१२. ओशन थोमस

१३. निकोलस पुरन

१४. एश्ले नर्श

१५. फबिन एलीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *