रसुवा :  रसुवामा सात किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चीनको केरुङबाट स्याउ लिएर नेपाल आउँदै गरेको कन्टेनरबाट अवैध सुन बरामद भएको हो।

ना ६ ख ७०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको सुन प्रहरीले विशेग सुराकारीका आधारमा बरामद गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन बोहोराले बताए। सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका दुई टिमुरेस्थित घट्टेखोलाबाट मंगलबार अपरान्ह चार बजे बरामत गरेको हो।

सुनसहित चालक नौकुण्ड गाउँपालिकाका एकका ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। अबैध सुन ओसारपसारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *