श्रीलंकामा आइतबार बिहान भएका श्रृंखलाबद्ध बम विष्फोट २९० को मृत्यु भएको छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा कतिपय विदेशी नागरिक पनि रहेका छन्।

श्रीलंकाको रक्षा मन्त्रालयका अनुसार बम विष्फोट गराउने संदिग्धले जुन घरमा आश्रय लिएर बसेका थिए ती घरलाई सुरक्षाकर्मीले कब्जा गरेको बताएको छ।  प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा कोलम्बो लगायतका ठाउँबाट अहिलेसम्म २४ जनालाई गिरफतार गरिएको छ।

 

View this post on Instagram

 

A post shared by Open Doors USA (@opendoorsusa) on

श्रीलंका वायुसेनाले कोलम्बो एयरपोर्टमा ६ फिट लामो पिविसी पाइपमा राखिएको विस्फोटक पदार्थ निष्क्रिय गरिदिएको बताएको छ। त्यस्तै प्रहरीले आइतबार बुलुका मोलम्बोस्थित एक क्षेत्रबाट एउटा भ्यान पनि कब्जामा लिएको जनाएको छ। यही भ्यान प्रयोग गरेर देशका विभिन्न ठाउँमा विस्फोटक पदार्थ लिगएको समाचारमा जनाइएको छ।

भ्यानका ड्राभरलाई पक्राउ गरेर प्रहरीले छानबिन गरिरहेको बिबिसीले जनाएको छ। अहिले श्रीलंका पूरै देशमा निशेषज्ञा (कर्फ्यू) लागू गरिएको छ।


विस्फोटका ७ मुख्य कुरा

१.    श्रीलंकामा आइतबार कूल ८ विस्फोट भएका छन्। इस्टरका अवसरमा चर्च र होटलमा जम्मा भएका व्यक्तिलाई निशाना बनाइएको छ। अहिलेसम्म यो विस्फोटमा परेर २९० जनाको मृत्यु भएको छ। ५०० बढी घाइते भएका छन्।

२.    श्रीलंका सरकारले धेरैजसो विष्फोटनमा आत्मघाती हमलाकर्ताहरूलाई प्रयोग गरिएको बताएको छ। अहिलेसम्म शंकाका आधारमा २४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ।

३.    सुरक्षाकर्मीहरूलाई यो घटनाका बारेमा पहिल्यै जानकारी मिलेको यहाँको सरकारले बताएको छ। तर, कुनै कारबाही सुरु गर्नुभन्दा पहिला नै विभिन्न ठाउँमा बम विस्फोट भए।

४.    यो श्रृंखलाबद्ध बम आक्रमणमा ९ जना भारतीयको पनि मृत्यु भएको पुष्टि भएको छ तर कुनै नेपाल परेको भने खबर आएको छैन। श्रीलंकाको नेशनल अस्पतालले भारतीय दूतावासलाई ९ जनाको मृत्यु भएको खबर दिएको छ।

 

View this post on Instagram

 

A post shared by Golf&Watch Mazzy Rate (@golfandwatch) on

५.    श्रीलंकाको विदेश मन्त्रालयका अनुसार ३६ जना विदेश नागरिक उक्त घटनामा मृत भेटिएका छन्। यद्यपि सरकारका तर्फबाट यस बारेमा कुनै आधिकारिक विवरण जारी गरिएको छैन।

६.    विष्फोट ८:३० देखि ९:१५ बीचमा कोलम्बोको कोच्चिकादु सन्टे एन्टिनियो चर्च, नेगोम्बो, शांग्रि-ला स्टार होटल, किंग्सबरी, शिनामन ग्रान्ड स्टार होटल र बट्टिकालोबमा भएका थिए। दिउँसो २ बजेतिर पनि कोलम्बोको डेहिवाला र डेमाटागोडा क्षेत्रमा विष्फोट भएका थिए।

७.    अहिलेसम्म यी विष्फोटको कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन्। यसलाई गृहयुद्धपछिकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ। यो घटनाको नेपालका प्रधामन्त्री केपी शर्मा ओली तथा विश्वभरका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीहरूले निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *