कपिल शर्मालाई कसले चिन्दैन। आफ्नो हास्य र ह्युमरबाट उनले आफ्नो फरक परिचय बनाएका छन्। कपिलको सपफलतालाई लिएर कमेडियन राजू श्रीवास्तव भन्छन्, ‘केपिल शर्माले कमेडीका माध्यमबाट नाम र दाम दुवै कमाएका छन्। साथै उनले कमेडीलाई नयाँ पहिचान पनि दिएका छन्।’

पछिल्लो दश वर्षमा कपिल शर्माले धेरै सफलता प्राप्त गरेका छन्। अहिले उनले मुम्बइमा घरसमेत किनेका छन्। उनीसँग रेन्ज रोबर र मर्सिडिज जस्ता अन्य महँगा र लक्जरियस कार पनि छन्। कपिल शर्मा आफ्नो द कपिल शर्मा शोबाहेक स्टेज शो र केही विज्ञापनबाट राम्रो आम्दानी गर्छन्।

उनले टिभीमा एउटा एपिसोडका लागि ६० देखि ८० लाख भारतीय रूपैयाँ लिन्छन् भन्ने सायद तपाईंलाई थाहा छैन होला। अझ उनले लाइभ स्टेज शोमा त अझ राम्रो पैसा लिन्छन्। एक रिपोर्टका अनुसार उनले एउटा सोलो स्टेज शोका लागि करिब ७० लाख भारतीय रूपैयाँ लिने गरेका छन्। यदि कपिल शर्माको कुल सम्पत्तिको कुरा गर्दा उनी २०१८ मा ३०० करोड भन्दा धेरै सम्पत्तिका मालिक थिए।

उनले एक पटक ट्विटरबाट १५ करोड इनकम ट्याक्स दिएको बताएका थिए। उनी यसबाहेक फोर्ब्समा सबैभन्दा धेरै कमाइ गर्ने बलिउड स्टार्समा सन् २०१२ मा ९६ स्थानमा थिए भने सन् २०१६ मा २७ स्थानमा थिए। यो क्रम निरन्तर बढिरहेको छ। साथै कपिल शर्मासँग आफ्नै एउटा पर्सनल भ्यनिटी भ्यान पनि छ। यसको मूल्य ५ करोड ५० लाख पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *