मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको बताएको छ। सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य दलली रही अन्य भूभागमा मौसम बदली रहेन मौसम विद्हरूले मौसमको पूर्वानुमान गरेका छन्।

चट्याङ र हावाहुरीसहित वर्षा हुने भन्दै आवश्यक सावधानी अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन्। उनीहरूका अनुसार यो मौसम चट्याङको हिसाबले उच्च जोखिममा रहेका छ। यो बेला चट्याङ लागेर धेरैको ज्यान जाने भएकाले सुरक्षित हुन उनीहरूले सबैलाई सचेत गरेका हुन्।


हेर्नुहोस आगामी तीन दिनको मौसमी पूर्वानुमान :

बैशाख ०९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हुरीबताससहित हल्का वर्षाको संभावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही थोरै  स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना छ।

बैशाख १० गते (मंगलबार०)

दिउँसो : देशको पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ हुरी/बताससहित हल्का वर्षाको संभावना छ

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ र हुरी/बताससहित हल्का वर्षाको संभावना छ।

बैशाख ११ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ हुरी/बताससहित हल्का वर्षाको संभावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ/हुरी/बताससहित हल्का वर्षाको संभावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *