झापाको भद्रपुर नगरपालिकास्थित मेची रंगशालामा शनिबारदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रदेश-१ मै ‘पहिलो पटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक संस्था एलेभेन साइनिङ स्टारका अध्यक्ष दिलीप भुइँमालीका अनुसार प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाउने छन्। प्रतियोगितामा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लब चन्द्रगढी, श्रीजङ्गा फुटबल क्लब ज्ञानेचोक, सैनिक फुटबल क्लब, कनकाई फुटबल क्लब, बिर्तामोड गुनाइटेड फुटबल क्लब, न्यू स्टार फुटबल क्लब खोपबाडी र राजगढ फुटबल क्लब गरी आठ वटा टोलीको सहभागिता रहेको छ। पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लबबीच हुनेछ।

प्रतियोगिता सम्पन्न गर्न लगभग १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी टोलीले नगद एक लाख र उपविजेताले नगद रु ५० हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ।

गत बुधबार खेलाइनु पर्ने पहिलो खेल प्राविधिक कारणले आज तय गरिएको आयोजकले जनाएको छ। शनिबारदेखि शुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *