हलिउड अभिनेता जोनी डिप अचेल पूर्वपत्नी एम्बर हर्डलाई लिएर आलोचनाको सिकार भइरहेका छन् । केही समयअघि पूर्वपत्नी एम्बरले डिपले आफूमाथि शारीरिक तथा मानसिक शोषण गरेको आरोप लगाउँदै मानहानीको मुद्दा दर्ता गरेकी थिइन् ।

एम्बरको वकिलले डिपले एम्बरमाथि घरेलु हिंसाका साथै सार्वजनिक रूपमै शोषण गर्ने कोसिस गरेका थिए । पश्चिमी मिडियाका अनुसार त्योभन्दा अगाडि पनि एम्बरले डिपले आफ्नो औँला भाँचिदिएको आरोप लगाएकी थिइन् । डिपले आफूलाई ५५ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने माग एम्बरले राखेकी थिइन् ।

अहिले एम्बरले दर्ता गरेको मुद्दाअनुसार सन् २०१३ मा डिपले उनलाई पिट्नुका साथै उनका सामान पनि जलाइदिएका थिए । साथै, सन् २०१४ मा डिपले एम्बरमाथि नराम्रो व्यावहार गरेका थिए । एम्बरले डिपसँग आफूले गरेको च्याटको स्क्रिनसट पनि अदालतमा पेस गरेकी छिन् । हुन त २०१६ मा अदालतले डिपलाई पत्नी एम्बरबाट टाढा रहनका लागि आदेश दिएको थियो ।

एम्बरले डिपले आफूलाई गालीगलौज र मारपिट गर्ने गरेको बताउँदै आएकी छिन् । जोनी र एम्बरको भेट २०११ मा ‘द रम डायरी’को सुटिङका क्रममा भएको थियो । त्यसपछि उनीहरू प्रेमसम्बन्धमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *