हामीहरूमध्ये प्राय सबैलाई बाल्यकालमा बहियो र मजबुद हड्डीका लागि दूध पिउन पर्ने बताइएको हुन्छ। तर, दूध पिउँदा हड्डी बलिया हुन्छन् भन्ने सम्बन्ध जति सरल लाग्छ त्यति नै जटिल पनि छ।

दूध र हड्डीको सम्बन्धलाई बुझ्नका लागि सन् १९९७ मा हावर्ड युनिभर्सिटीले ७७ हजार महिलामाथि अनुसन्धान गरेको थियो। यी महिलाहरूको खानापानको १० वर्षसम्म अध्ययन गरियो।

अध्ययनका क्रममा जुन महिलाले हप्तामा एकपटक वा त्यो कम दूध पिउने र जुन महिलाले हप्तामा तीन पटक वा सोभन्दा धेरै दूध पिउँथे उनीहरूको हड्डी फ्याक्चर हुने संख्यामा कुनै प्रकारको फरकपन भेटिएन।

यही टिमले यस्तै अर्को अध्ययन तीन लाख ३० हजार पुरुषहरूमाथि पनि गरेका थिए। र यहाँ पनि हड्डी फ्याक्चर हुने विषयमा दूध पिउनुको कुनै सम्बन्ध भेटिएन।

सन् २०१५ मा न्युजिल्यान्डको एक टिमले दूधको असर पत्ता लगाउनका लागि एउटा ट्राइल गरे। जसमा केही व्यक्तिको खानामा क्याल्सियम तत्त्वभएका सामग्री जोडिदिए। यो टिमले यस्तै १० वटा पुराना अध्ययनहरूको पनि पुनः समीक्षा गरे।

अध्ययनका क्रमममा दुई वर्षसम्म क्याल्सियमले हड्डीको घनत्वमा असर गर्ने तर दुई वर्षपछि दूधले हड्डीमा खुनै महत्त्वपूर्ण फरक नपार्ने भेटियो। शरीरमा क्याल्सियम आपूर्तिका लागि क्याल्सियम सप्लिमेन्ट पनि लिइन्छ। तर यसको प्रयोगको पनि खतरा बढी छ।

न्युजिल्यान्डको रिसर्च टिमले क्याल्सियम सप्लिमेन्टको असरबारे बुझ्नका लागि ५१ वटा अन्य ट्राइल पनि गरे। सप्लिमेन्ट प्रयोग गर्दा पनि एकदुई वर्षमात्रै हड्डी बलियो हुने त्यसपछि बन्द हुने पत्ता लाग्यो।

क्याल्सियम सप्लिमेन्ट बढ्दै गरेको उमेरका साथमा केबल हड्डको मिनरलको नोक्सानीलाई कम गर्छ वा रोक्न सक्छ।

यिनै डाटाहरूलाई पनि अन्य देशमा अध्ययन गर्दा उनीहरूले दैनिक खानामा क्याल्सियमको मात्रमा घटबढ गरेका थिए। जस्तै अमेरिकीहरूको दैनिक खानामा राखिएको क्याल्सियमको मात्राभन्दा युके र भारतको खुराकमा दुई गुणा बढी राखेका थिए। अमेरिकामा हरेक दिन २२७ मिलिलिटर दूध पिउनका लागि दिइएको थियो।

दूध हाम्रो लागि कति फाइदायुक्त छ र कति छैन भन्ने बहसका बीच सन् २०१४ मा नयाँ अध्ययन बाहिर आयो। नयाँ अध्ययनअनुसार जुन व्यक्ति दिनमा तीन गिलासभन्दा धेरै दूध पिउँछन् उनीहरूकव हड्डी बलियो हुनुको सट्टा नोक्सानीयुक्त हुन सक्छ।

सन् १९८७ र १९९७ मा स्वीडेनको उप्पसला युनिभर्सिटी र कारोलिस्का इन्स्टिट्युटले केही व्यक्तिसँग उनीहरूको आहारमा दूध खपतसँग जोडिएको एक प्रश्नावली तयार गर्‍यो। सन् २०१० मा ती व्यक्तिहरूको मृत्युदरको अध्ययन गरियो, उक्त अध्ययनमा जो व्यक्तिले दैनिक एक गिलास दूध पिउँथे उनीहरूको हड्डी टुक्रिने दर धेरै भएको पाइयो। साथमा उनीहरूको मृत्यु पनि छिटो भएको पाइयो।

स्वीडेनको अध्ययनमा माग लिने व्यक्तिहरूसँग उनीहरूले सेवन गर्ने दूधको ओसत मात्र सोधिएको थियो। यसमा ती व्यक्तिहरूले केबल दूध कति पिउँछन् भन्ने कुरा मात्रै बताए। दूधबाहेक दूधबाट बनेका अन्य परिकारहरू पनि खाने गरिन्छ।

यस अध्ययनको प्रतिवेदनमा कुनै पनि प्रकारको डाइटको सल्लाह दिँदा पहिला यी डाटाहरूलाई राम्रोसँग अध्ययन गर्नका लागि आग्रह गरिएको छ।

अहिलेसम्मको जुनसुकै अध्ययनले तपाईंहरूले दूध पिउनुहुन्छ भने ठीकै छ। तर हड्डीलाई बलियो बनाउनका लागि दोस्रो विकल्प पनि हुनसक्छन्। व्यायाम र भिटामिन डि पनि हड्डीलाई मजबुत र बलिया बनाउने अर्को विकल्प साबित हुनसक्छ। यसका लागि गर्मीमा घाममा बस्ने र जाडो मौसममा भिटामिन डि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *