विश्वकप क्रिकेट २०१९का लागि भारतीय टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार टोली घोषणा गरेको हो ।

विश्वकपमा भारती टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् भने रोहित शर्माले उपकप्तानको भूमिका निभाउने छन् । कोहली र शर्मासँगै टोलीमा शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युज्भेन्द्र चाहल, कुलदीप यादव, भूवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी छन् ।

यसपटकको विश्वकपमा केही चर्चित भारतीय खेलाडी भने मैदानबाहिर रहने छन् । भारतमा चलिरहेको आइपिएलमा छाइरहेका यी एघार खेलाडीको नाम भारतको टिममा छैन ।

भारतका चर्चित ब्याट्सम्यानहरू युवराज सिंह, सुरेश रैना, रिसभ पन्त, अम्बाती रायडु र अजिन्क्या रहान्ने टिम बाहिर छन् । यस्तै, हर्भजन सिंह, उमेश यादव, सार्दुल ठाकुर, रविचन्द्रन आश्विन र इशान्त शर्माजस्ता बलर पनि टोलीमा छैनन् ।

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप मे ३० देखि जुलाई १४ सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *