तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरू र परिवारको सदस्यहरूलाई शेयर गर्न चाहनुहुन्छ। तर त्यसको बारेमा थाहा छैन। चित्ता नलिउनुहोस आज हामी तपाईंलाई सिकाउँछौँ कसरी लाइभ लोकेसन साथीभाइलाई शेयर गर्ने भनेर।

त्यो भन्दा अगाडि जान्नु पर्ने कुरा लाभ लोकेन शेयर गर्दा प्राभेसीमा केही असर त पर्दैन भन्ने हो। यसरी आफ्नो लाइभ लोकेसनको जानकारी शेयर गर्दा केही हानी हुँदैन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । तपाईं ढुक्क हुनुहोस यसमा तपाईंले आफ्नो लोकेसन हेर्नका लागि छनोट गरेका व्यक्तिहरूले मात्र हेर्न सक्छन् र तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नुहुन्छ ।

यसरी सेयर गर्नुहोस् तपाईंको लाइभ लोकेसन :

१. पहिला गुगल म्यापमा भएको साइड मेनु खोल्नुहोस् र लोकेसन शेयरिङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टार्टेडमा थिच्नुहोस् ।

२. तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नुहुन्छ । तपाईं कति समयका लागि आफ्नो लोकेसन सेयर गर्न चाहनुहुन्छ, त्यहाँ दुई अप्सन रहेको हुन्छ, “एक घण्टाका लागि वा तपाईंले म्याप बन्द नगरेसम्म”मध्ये कुनै एक अप्सन छनोट गर्नुहोस् ।

३. त्यसपछि तपाईं लाइभ लोकेसन को–कोसँग बाढ्न चाहानुहुन्छ, छनोट गर्नुहोस् वा तपाईंको कन्ट्याक्ट लिस्टमा भएको कोही व्यक्तिसँग सेयर गर्न सक्नुहुन्छ ।

४. तपाईंले लोकेसन शेयरिङको ठीक तल रहेको क्रश थिचेर कुनै समयमा पनि आफ्नो लोकेसन सेयर बन्द गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो लाइभ लोकेसन सेयर गरेपछि छनोट गरेका साथीहरु र परिवारमध्ये को–कोले तपाईंको लाइभ लोकेसन हेर्दै छन् भन्ने थाहा पाउन सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *