बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आउँदै गरेको नयाँ फिल्म कलंकको प्रमोशनमा व्यस्त छिन्। यसैबीचमा उनले आफ्नो ब्वायफ्रेन्ड रणबीर कपूरको विषयमा लिएर एउटा वक्तव्य दिइन्। उनले आज जो हुँ उसमा रणबीरको महत्त्वपूर्ण भूमिका रहेकव बताइएकी छन्।

यसै पनि आलियाले आफ्नो प्रोफेसनल लाइफका साथसाथै प्रश्नलाई लाइफका कारणले  पनि बेलाबेलामा चर्चामा आइरहन्छिन्। यद्यपि उनले आफ्नो प्रेमका बारेमा भन्नका लागि उनी कहाँकतै पनि हिच्किचाउँदिनन्।

६४ औँ फिल्मफेयर अवार्डमा आलियाको फिल्म राजीले धमका मच्चायो। तर, यो आवर्डको रोनक त्यसबेला रंगीन बन्यो जतिबेला आलियाले रणबीरलाई खुलेआम आइ लभ यु भनेर प्रेम व्यक्त गरिन्।

 

View this post on Instagram

 

Happy Birthday Sunshine 🌞🎂

A post shared by Alia 🌸 (@aliaabhatt) on

आलियालाई फिल्म राजीबाट बेस्ट फिमेल एक्टरको अवार्ड मिल्यो। अवार्ड ग्रहण गर्दै उनले आफ्नो स्पिचमा भनिन्, ‘मेघना, मेरा लागि राजी तिमी हौ। यो तिम्रो रगत पसिनाको नतिजा हौ।’ त्यसपछि उनले आफ्नो सहकलाकार विक्की कौशललाई धन्यवाद दिइन्।

त्यसपछि उनले मोनिटर करण जौहरलाई पनि धन्यवाद दिइन्। त्यसपछि उनले रणबीरतर्फ इशारा गर्दै उनले भनिन्, ‘आज यो सबै प्रेमका नाममा। त्यहाँ पर मेरो सबैभन्दा स्पेशल व्यक्ति बसिरहेको छ। आइ लभ यु।’

पछिल्ला दिनहरूमा आलिया आफ्नो फिल्म कलंकको प्रमोशनमा व्यस्त छिन्। फिल्ममा उनीको नृत्य र अभिनयको खुलेर प्रशंसा भइरहेको छ। यसैबीचमा आलियालाई सोधियो तपाईंको आँखामा सुन्दर चमक कसरी देखापर्‍यो?

‘चमक छ। अवश्य छ। मैले यसलाई अस्वीकार गर्दिन। ६ वर्ष भयो मलाई यो इन्डस्ट्रीमा। आफ्नो व्यक्तिगत जीवनलाई लिएर म प्रयाः शान्त रहन्छु’, उलने भनिन्, ‘आज पनि शान्त रहन्छु। यद्यपि यति मात्रै होइन फिल्मफेयरको समय जब म स्टेजमा माथि थिए त्यतिबेला मलाई मेरो जीवनमा प्रभाव पारेका व्यक्तिहरूलाई धन्यवाद दिँदा राम्रै हुन्छ भन्ने लाग्यो। मैले जसजसको नाम लिएँ उनीहरू सबैले मलाई काम गर्नका लागि प्रोत्साहित गरेका थिए।’

 

View this post on Instagram

 

A post shared by neetu Kapoor. Fightingfyt (@neetu54) on

उनले आफू अहिलेको अवस्थामा पुग्न उनीहरूले कहिँ न कहिँबाट सहयोग गरेको बताइन्। उनीहरूमध्ये खाज व्यक्ति रणबीर रहेको उनको भनाइ छ। ‘मैले यस्तो यसअघि कहिल्यै गरेकी थिइन तर त्यस समय मलाई लाग्यो सबैलाई धन्यवाद दिन आवश्यक छ। रणबीरले मेरो जिन्दगीमा एउटा अलग किसिमको खुसी र सकारात्मकता ल्याएका छन्’ उनले भनिन्।

आउँदै गरेको फिल्म कलंकलाई लिएर आलिया निकै उत्साहित देखिन्छन्। यस फिल्ममा आलियाका साथमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, वरुण धवन र माधुरी दीक्षित जस्ता कलाकार मुख्य भूमिकामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *