भारतीय अभिनेत्री दीपिका पादुकोण एसिड आक्रमणको शिकार बनेकी युवतीको भूमिकामा छपाकमा देखिँदै छिन्। अहिले फिल्मको धमाधम सुटिङ भइरहेको छ। उनी फिल्ममा एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको भूमिकामा देखिने छिन्।

अहिले फिल्म निर्माण सेटका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने सुटिङ सेटबाटै बाहिरिएको एउटा भिडियो फुटेज पनि सामाजिक सञ्जालमा तीव्ररूपमा शेयर भएको थियो। यसो त विवाहपछि दीपिकाको यो पहिलो फिल्म हो ।

दीपिका र रणवीर सिंहको विवाह गत वर्ष १४–१५ नोभेम्बरमा भएको थियो । तर विवाह भएको केही समयपछि नै दीपिका गर्भवती भएको खबर आएको थियो । हालै एक मिडियासँग उनले यस्तो हल्लाबारे बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो कुरा जब हुनुपर्छ भन्ने लाग्छ, तब हुनेछ ।’

दीपिकाले विवाहपछि महिलालाई गर्भवती हुने दबाब दिन आवश्यक नरहेको बताइन् । गर्भवती एकदिन हुने नै भएकाले बारबार यसबारे बेलिरहनु गलत भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘मलाई लाग्छ, जब हामी यस्ता सवाल सोध्न बन्द गर्छौं, तब समाजमा ठूलो बदलाव आउने छ ।’ अहिले सुटिङ गरिरहेकी दीपिकाको फिल्म ‘छपाक’ २०२० जनवरीमा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *